Monday, January 30, 2012

Model :Kanchan Subba From Dharan कञ्चन सुब्बा


सुनसरी, धरानकी कञ्चन सुब्बा २० वर्षकी भइन् । कञ्चनले धरानकै महेन्द्र कलेजबाट आईकम दोस्रो वर्षको परीक्षा दिएकी छिन् । ५ फिट ५ इन्च अग्ली कञ्चनले आफ्नो मुस्कान सबैले मन पराएको बताइन् । फुर्सदमा विभिन्न पत्रपत्रिका पढ्ने उनको बानी छ । अलिकति खुला भएकाले उनका केटा साथीहरू नै ब्ाढी छन् । कञ्चनलाई स्वार्थी अनि झूटो बोल्ने व्यक्ति मन पर्दैनन् ।

क्याजुअल पहिरनमा हिँड्न मन पराउने कञ्चन भन्छिन्— 'कपडाले मात्र होइन, विचारले पनि मोर्डन हुनुपर्छ ।' कञ्चनले आफू कहिल्यै डान्सपार्टी र कन्सर्टहरूमा सहभागी नभएको बताइन् । साइमन राईको 'तिमीलाई चाहेर' गीतमा मोडलिङ गरिसकेकी कञ्चनका आकर्षक तस्बिरहरू क्लिक धरानमा पनि हेर्न सकिन्छ ।

No comments:

Post a Comment