
आधा दर्जन म्युजिक भिडियोमा आफ्नो प्रस्तुति देखाइसकेकी बबिता ५ फिट ६ इन्च अग्ली तथा ५४ किलोकी छिन्। २५ वर्षीया बबिताले २०५३ सालतिरै नृत्यको तालिम लिएकी हुन्। बाल्यकालदेखि नै विभिन्न नृत्य प्रतियोगिता तथा र्याम्प शोमा भाग लिँदै आएकी बबिता बाबु- आमाकी माहिली छोरी हुन्।
तत्काल विवाह गर्ने सोच नभएकी बबिता लिम्बू चलचित्र वा अन्य सन्देशमूलक चलचित्रमा अभिनय गर्ने सोचमा छिन्। राजनैतिक अस्थिरताले युवाहरूको भविष्य अन्योलमा परेकामा उनलाई चिन्ता छ। बबिता भन्छिन्- 'यस्तो अवस्थामा युवाहरू सिजर् नात्मक भएर समाज निर्माणमा लाग्नुपर्छ।'
No comments:
Post a Comment