Showing posts with label Nepali Featured Model : Babita Subba (बबिता सुब्बा (फोम्बो). Show all posts
Showing posts with label Nepali Featured Model : Babita Subba (बबिता सुब्बा (फोम्बो). Show all posts

Monday, January 30, 2012

Nepali Featured Model : Babita Subba (बबिता सुब्बा (फोम्बो)

फरासीली बबिता सुब्बा (फोम्बो) लाई मोडलिङको क्रेजले गाँजेको छ। बाल्यकालदेखि नै नाटक तथा नृत्यमा सक्रिय बबिता यतिवेला म्युजिक भिडियोमा व्यस्त हुन थालेकी छिन्। पाँचथर, फिदिमकी बबिता राजधानीमा बसेर आफ्नो भविष्य खोज्दै छिन्। उनी पद्यमकन्या क्याम्पसमा स्नातक दोस्रो वर्षकी विद्यार्थी हुन्।

आधा दर्जन म्युजिक भिडियोमा आफ्नो प्रस्तुति देखाइसकेकी बबिता ५ फिट ६ इन्च अग्ली तथा ५४ किलोकी छिन्। २५ वर्षीया बबिताले २०५३ सालतिरै नृत्यको तालिम लिएकी हुन्। बाल्यकालदेखि नै विभिन्न नृत्य प्रतियोगिता तथा र्‍याम्प शोमा भाग लिँदै आएकी बबिता बाबु- आमाकी माहिली छोरी हुन्।


तत्काल विवाह गर्ने सोच नभएकी बबिता लिम्बू चलचित्र वा अन्य सन्देशमूलक चलचित्रमा अभिनय गर्ने सोचमा छिन्। राजनैतिक अस्थिरताले युवाहरूको भविष्य अन्योलमा परेकामा उनलाई चिन्ता छ। बबिता भन्छिन्- 'यस्तो अवस्थामा युवाहरू सिजर् नात्मक भएर समाज निर्माणमा लाग्नुपर्छ।'